११ महिनामा झण्डै ६ हजारले गरे आत्महत्या
काठमाडौं । प्रहरी प्रधान कार्यालयले चालु आर्थिक वर्षमा झण्डै ६ हजार जनाले आत्महत्या गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, चालु आवको साउन महिनादेखि हालसम्म ५ हजार ९४३ जनाले आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्नेमा सबैभन्दा धेरै मानिसले आत्महत्या गरेका छन् । २०७८ साउनदेखि २०७९ जेष्ठ सम्ममा ४ हजार ९५० जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले जानकारी दिए ।
प्रदेश–१ मा सबैभन्दा धेरै १ हजार १७४ जनाले झुण्डिएर आत्महत्या रोजेका छन् । लुम्बिनी प्रदेशमा ९०६ जना र काठमाडौं उपत्यकामा ३४८ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार विष खाएर ८ सय ९७ जनाले आत्महत्या गरेका छन् । विष खाएर आत्महत्या गर्नेमा मधेश प्रदेशमा सबैभन्दा धेरै अर्थात १६१ जना छन् । आगो लगाएर १३ जना, हाम फालेर ३८ जना, हात–हतियारको प्रयोग गरेर १७ जना र पानीमा हाम फालेर २८ जनाले आत्महत्या गरेका छन् ।
