केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी राईलाई
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले पाएका छन् । हालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीको सरुवा भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले डीआईजी राईलाई उक्त जिम्मेवारी दिएका हुन् ।
प्रतिआतंकवाद र विध्वंसात्मक गतिविधिबारे अनुसन्धान गर्ने विशेष ब्यूरोमा लामो समयसम्म काम गरेका राई चर्चामा नआइ काम गर्ने अधिकृतहरु मध्येमा पर्छन् । उनीले पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययन गरेका छन् ।
