कटुवा पेस्तोलसहित २ जना पक्राउ

तु खबर संवाददाता
२०७९ असार २३, बिहीबार ०९:४२
सांकेतिक तस्बिर

वीरगञ्ज । प्रहरीले बाराबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको सिम्रौनगढ नगरपालिका–१ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखिया रहेका छन् ।

सिम्रौनगढ– १ स्थित नम्सगराढाठ पोखरीको डिलमा अनिल, गुड्डुलगायतका केही व्यक्तिले हतियार देखाई धम्की दिइरहेको छ भन्ने सूचनाको आधार पुगेर प्रहरी टोलीले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको शरीर खातलासी गर्दा गुड्डु मुखियाको साथबाट कटुवा पेस्तोल बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।