माओवादी केन्द्रीय समितिको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित
काठमाडौं । काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठक पुनः स्थगित भएको छ । हिजोसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो । पार्टीमा सांसद रहेका नेताहरु प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भएकोले आजको बैठक पनि स्थगित भएको माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार, पार्टीको बैठक भोली बिहिबार बिहान ११ बजेका लागि स्थगित गरिएको हो । उक्त बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
