थप ४० जनामा कोरोना संक्रमण

तु खबर संवाददाता
२०७९ असार २०, सोमबार १७:३०
file-photo

काठमाडौं । नेपालमा थप ४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा गरिएको परीक्षणमा आरटी पिसिआर विधिमार्फत् ३४ जना र एन्टीजेन विधिमार्फत् थप ६ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ ।

यस्तै, सो अवधिमा १९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । यअसघि आइतबार ५३ जनामा कोरोना पुष्टि भएको थियो ।