समाचार

प्रदेश नम्वर १ को बजेट पारित

काठमाडौँ । १ नम्वर प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेट पारित भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट ल्याएको छ ।...

मकवानपुरका प्रजिअ पाण्डेले भने, ‘शान्ति सुरक्षा कायम गर्न तयार छौं’

मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफुहरु सधै लागि परिरहेको बताएका छन् । केही दिन अघि मात्रै सरुवा भएर आएका प्रजिअ पाण्डेले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आफु प्रशासक जस्तो भएर नै काम गर्ने बताएका हुन् । प्रजिअ पाण्डेले विशेषगरी...

भ्यानको ठक्करबाट बालकको मृत्यु

काठमाडौं । काठमाडौंको बल्खुमा आइतबार भ्यानको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भएका ५ वर्षीय छोरा आयुष बन्सुरा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आइतबार दिउँसो बा १३ च ६४१९ नम्वरको भ्यानले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए । गम्भीर घाइते...

थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १२० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार १६२ जनाको पीसीआर परीक्षणमा ३९ जना र ९५८...

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बस्ने गरी बोलाइएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको बालुवाटार स्रोतले बतायो । कांग्रेसले असार २७...

माओवादी केन्द्रको पहिलो दिनको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको हो । पहिलो दिनको बैठकमा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा नेपाली...

हेटौंडामा आजबाट नमुना प्रदेश युवा सभा अभ्यास कार्यक्रम सुरु

मकवानपुर । हेटौंडामा आजदेखि नमुना प्रदेश युवा अभ्यास कार्यक्रम सुरु भएको हो । उक्त नमुना कार्यक्रम प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा सुरु भएको हो । कार्यक्रममा प्रदेशका विभिन्न स्थानीय तहका ७० जना युवाहरुको सहभागिता रहेका छन् । कार्यक्रमको उउद्घाटन गर्दै प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले संसदको...

५७ अंकले बढ्यो नेप्से, साढे २ अर्बको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा एकाएक सुधार देखिएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । जसको प्रभाव आजको कारोबार रकममा देखिएको छ । आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किबेच हुँदा २ अर्ब ४८ करोड ४...

पहिरोमा परी ३ जनाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । शुक्रबार राती वर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो । पहिरो गएको स्थानमा खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले...

‘भालुको पित्त’ सहित २ पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भालुको पित्तसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा नं. २ बस्ने ५३ वर्षीय हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न. ३ बस्ने ३२ वर्षीय भजिन्द्र दर्जी रहेका छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा...