माओवादी केन्द्रको पहिलो दिनको केन्द्रीय कमिटी बैठक सम्पन्न
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको हो ।
पहिलो दिनको बैठकमा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा नेपाली कांग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको निष्कर्ष छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि नौ वटा एजेण्डा प्रस्तुत गरेका छन् । बैठक तीन दिनसम्म संचालनमा हुने माओवादी केन्द्रले जनाएको छ ।
