मकवानपुरका प्रजिअ पाण्डेले भने, ‘शान्ति सुरक्षा कायम गर्न तयार छौं’
मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफुहरु सधै लागि परिरहेको बताएका छन् । केही दिन अघि मात्रै सरुवा भएर आएका प्रजिअ पाण्डेले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आफु प्रशासक जस्तो भएर नै काम गर्ने बताएका हुन् ।
प्रजिअ पाण्डेले विशेषगरी लागूऔषध नियन्त्रण लगायतका क्षेत्रमा प्रहरीको सहयोगबाट न्यूनीकरण गर्ने बताए । यस्तै, उनले सडकमा गुड्ने गाडिमा तोकिएको मापदण्ड भन्दामाथि गएर ओभरलोड बोक्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गर्ने जानकारी दिए । पाण्डेले यसअघि गृहमन्त्रालयमा कार्यरत थिए ।
कार्यक्रममा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, सशस्त्र प्रहरी गढ हेटौंडाका प्रहरी उपरीक्षक नेत्रबहादुर कार्की, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ लगायतकाको आतिथ्यता रहेको थियो ।
