नेपाल मगर संघ मकवानपुरको अधिवेशन साउन २७ गते हुने
मकवानपुर । नेपाल मगर संघ मकवानपुरको जिल्ला अधिवेशन आगामी साउन २७ गते हुने भएको छ । शनिबार हेटौंडामा बसेको १५ औं पुर्ण बैठकले उक्त निर्णय गरेको मगर संघ मकवानपुरका सचिव सन्देश तुम्सिङ मगरले जानकारी दिए ।
जिल्ला अध्यक्ष होमबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको लागि आर्थिक समिति गठन गर्ने निर्णय पनि गरेको छ । संघको भातृ संगठनहरुको सम्मेलन साउन २१ गते र स्थानीय तह कमिटीको १४ गते गर्ने निर्णय भएको सचिव मगरले बताए ।
यसैगरी, शनिबार नेपाल मगर संघले सम्मान कार्यक्रमको पनि आयोजना गरेको थियो । प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यतामा नेपाल मगर संघको १२ औं राष्ट्रिय माहाधिवेशनबाट सचिव सोसरह अनुशासन विभागको संयोजकमा निर्वाचित अशोक सारु मगर र केन्द्रिय सदस्यमा निर्वाचित र मकवानपुर ईन्चार्ज अमृता थापा मगरलाई पनि सम्मान गरेका थिए ।
