झुण्डिएको अवस्थामा भेटियो रायमाझीको शव

तु खबर संवाददाता
२०७९ असार १९, आईतवार ०८:५०
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारीको शव फेला परेको छ । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार साँझ स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शव फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार, रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् । रातिदेखि अहिले बिहानसम्म पनि त्यहाँ आफन्त र स्थानीयको भिडभाड छ । गएराति त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुल पुगेको थियो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।