हेटौंडामा रक्तदानको आयोजना
मकवानपुर । लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ परिवारले आयोजना गरेको रक्तदान कार्यक्रम आयोजना गरेको छ । लायन्स मुक्तिनाथ परिवारले हरेक वर्षको जुलाई १ मा रक्तदान कार्यक्रम गर्दै आइरहेको हुँदा यस वर्षपनि सोही कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका पूर्व अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा २० जनाको मात्र रगत संकलन गरिएको रक्तसंचार केन्द्र हेटौंडाले जानकारी दिएको छ । कार्यक्रम लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका अध्यक्ष कुमार पोखरेलको सभाध्यक्षता तथा डिष्ट्रिक्ट चिफ प्रल्हाद मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा लायन्स मुक्तिनाथ अन्तर्गतको लियो क्लबहरुको पनि सहभागिता रहेको थियो ।
