चोरीमा संलग्न मकवानपुरका युवकसहित ५ जना पक्राउ
चितवन । चितवन प्रहरीले चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थान र मितिमा विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले चोरीमा संलग्न मकवानपुरका एक युवकसहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भरतपुर–१६ का २२ वर्षीय संकल्प पनेरु, बाग्लुङ जैमिनी–८ का २४ वर्षीय जिवन पौडेल, चितवन माडी–९ का ३१ वर्षीय विजय दुरा, भरतपुर–२४ का २५ वर्षीय जनमराज पुरी र मकवानपुर मनहरी–३ का २१ वर्षीय सुशिल पुरी रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ना ५६ प ७६४६, ग २२ प ६६९३, प्रदेश ३–०४ प ४७१८ र प्रदेश ३–०३–००१ प ५११० नम्बरको स्कुटर बरामद गरेको छ । बरामद भएको मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्था नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
