सेयर बजार ४१ अंकले बढ्यो

तु खबर संवाददाता
२०७९ असार १५, बुधबार १६:३२
file-photo

काठमाडौं । आज साताको चौथो दिन बुधबार सेयर बजारमा सुधार आएको छ । आज नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ को बिन्दुमा पुगेर रोकिएको छ ।

बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री भएको थियो । कारोबारमा आएका सबै उपसमूह बढेको छ । बुधबारको दोस्रो बजारमा धेरै कमाउने तीन कम्पनीमा क्रमशः आँधीखोला लघुवित्त, सीवाईसी लघुवित्त र बरुण हाइड्रोपावर कम्पनी रह्यो ।