हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । संरक्षित वन्यजन्तुको गैंडाको शिकार गरी खाग राख्ने एवम् खरिदबिक्रीमा संलग्न फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–९ शक्तिखोर ठेगाना भएका ४१ वर्षीय रामकुमार प्रजा रहेका छन् । प्रजालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, कालिका नगरपालिका–११ घर भई हाल तनहुँ व्यास गाउँपालिका–११ मुलपानी बस्ने ठूलो कान्छा एवं सागर प्रजा भनिने ५२ वर्षीय विन्दर सिंह प्रजासहित दुई जनाले गैंडा शिकार गरेका थिए । पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन पठाइने जनाइएको छ ।
