१३ वर्षीया बालिका बलात्कार गर्ने मकवानपुरका युवक पक्राउ
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर १० घर भई हाल कीर्तिपुर नगरपालिका–५ पाँगा लाछी बस्ने २० वर्षीय साजन प्रजा रहेका छन् ।
उनलाई बुधबार राति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, प्रजाले बालिकालाई ललाइफकाइ गरी आफ्नै कोठामा लगेर करणी गरेका थिए । प्रजालाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
