समाचार
सन्दीपमाथि अनुसन्धानका लागि फेरी म्याद थप्ने तयारी
काठमाडौं । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि फेरी पनि म्याद थपको तयारी गरेको छ । त्यसको लागि उनलाई आज जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ । सन्दिपमाथि अनुसन्धानको लागि तेस्रो पटक म्याद थपको तयारी गरेको हो । गत असोज...
आजको मौसमः पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू–भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको जनाएको छ । पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराइमा मौसम सामान्यतया सफा नै रहनेछ...
गोली हानेर ‘आत्महत्या’
झापा । झापामा एक जनाले भतिजलाई गोली हानेर ‘आत्महत्या’ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, जिल्लाको गौरादह नगरपालिका–८ का ३५ वर्षका जीवन शाहको मृत्यु भएको हो । यसअघि शाहले आफ्नै भतिज १५ वर्षीय हेमराजलाई गोली हानेको प्रहरीले जनाएको छ । भतिजलाई गोली हानिएभन्दा ५० मिटर उत्तरमा रहेको...
कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । संयोजकसहित ७ वटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको...
अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु
सल्यान । सल्यानमा अरिङ्गालले टोकेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–१ की २१ बर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेको सल्यान प्रहरीले जानकारी जनाएको छ । प्रहरीका अनुसार, उनीहरु धान काट्न खेतमा गएका थिए । काटेर साँझ घर...
लागूऔषधसहित युवक पक्राउ
तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका २५ वर्षीय सन्देश धिताल रहेका छन् । धिताललाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले ४४ एम्पुल नुर्फिन, ४४ एम्पुल डाइजेपाम र ४४ एम्पुल फेनारगनसहित पक्राउ गरेको हो । प्रहरीका...
अफगानिस्तानमा ५ जना लडाकुको मृत्यु
काठमाडौं । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्य लुकेको ठाउँलाई लक्षित गरी शुरु गरेको कारबाहीको क्रममा ५ विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताएका छन् । आतङ्ककारी लु्क्ने ठाउँमा आज बिहान आक्रमण गर्दा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको अबिदीले पत्रकारलाई बताएका...
देशभर सक्रिय संक्रमित ७३६ पुग्यो
काठमाडौं । देशभर थप ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५१० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ४२ तथा एन्टीजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि...
बागी उम्मेदवारी निष्क्रिय गर्न माओवादी केन्द्रले दियो थप समय
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी र सत्ता गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका बागी उम्मेदरवारी फिर्ता लिन समय थप गरेको छ । माओवादीले मंगलबार विज्ञप्तिमार्फत यसअघि असोज ३१ गतेसम्म दिइएको समयसीमा थप गरेर कात्तिक ४ गतेसम्मको समय दिइएको जानकारी दिएको हो । माओवादीले बागी उम्मेदवारी दिएका उम्मेदवार, तिनका प्रस्तावक...
प्रत्यक्षतर्फ दुई प्रदेशको मतपत्र छपाइ सकियो
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने समानुपातिक निर्वाचित प्रणाली अन्तरगत दुई वटा प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको हो । यी दुई प्रदेशमा रहेका निर्वाचन...










