समाचार

आचारसंहिता पालना गर्न निर्वाचन आयोगको ७ बुँदे निर्देशन

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको चुनावलाई लक्षित गर्दै निर्वाचन आयोगले आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारहरुलाई ७ बुँदे निर्देशन दिएको छ । आयोगका उपसचिव एवं सहायक प्रवक्ता ऋषिराम भुसालले विज्ञप्ति निकालेर लाभको पदमा रहेका व्यक्तिहरुलाई निर्वाचन प्रचार प्रसारमा सहभागी...

कैलालीमा एक जना मृत फेला

धनगढी । कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–६ बेलुवा बोझीमा सोही ठाउँका ४५ वर्षीय हरिगंगा चौधरी मृत फेला परेको प्रहरीले जनाएको छ । चौधरीको मृत्युबारे प्रहरीले अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

एमाले बागमती प्रदेश कमिटीद्वारा चुनावी परिचालन कमिटी निर्माण

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटीले प्रदेशका ३३ प्रतिनिधि सभा र ६६ प्रदेश सभा निर्वाचन क्षेत्रको चुनावी परिचालन व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन परिचालन कमिटीहरु निर्माण गरेको छ । सो पार्टीको बागमती प्रदेश निर्वाचन समन्वय समितिको मंगलबार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई...

लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर चोकबाट अवैध लागूऔषध गाँजा २ किलोसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सित्तामढि ग्राम कचोर–११ बस्ने ८३ वर्षीय रामबृज महत्तो रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय...

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३२४९४ हजार पुग्यो

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या झण्डै साढे ३२ हजार पुगेको छ । प्रदेशमा गत साउनदेखि मंगलबारसम्ममा ३२ हजार ४९४जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन्...

दुर्घटनामा परेर चार जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गएराति ट्रयाक्टर दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्रयाक्टर चालक मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने ३१ वर्षीय पासाङ शेर्पा, २४ वर्षीय फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी...

निर्वाचन आयोगले प्रधानमन्त्री कार्यालयलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले प्रधानमन्त्री कार्यालयलाई स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको...

कांग्रेसद्वारा प्रचार–प्रसारका लागि १३ उपसमिति निर्माण

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको पहिलो बैठकले विभिन्न उपसमितिहरू निर्माण गरेको छ । समितिका संयोजक एवम् पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले १३ वटा उपसमिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका...

युगान्डामा इबोलाबाट २४ जनाको ज्यान गयो

काठमाडौं । युगान्डामा इबोलाका कारण थप ५ जनाको ज्यान गएको छ । योसँगै इबोलाका कारण ज्यान गुमाउनेको कुल संख्या २४ जना पुगेको छ । इबोलाका कारण केही स्थानमा लकडाउन घोषणा गरिएको छ । इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरिएको हो । ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत...

आज बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आजबाट ५ वर्षभन्दा मुनि उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो । महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र...