लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर चोकबाट अवैध लागूऔषध गाँजा २ किलोसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत सित्तामढि ग्राम कचोर–११ बस्ने ८३ वर्षीय रामबृज महत्तो रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले मंगलबार नै पर्साको वीरगंज महानगरपालिका–१३ बस्ने ४० वर्षीया विद्या देवी तिवारीलाई पक्राउ गरेको छ । उनलाई लागूऔषध गाँजा ५ किलोसहित प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका नेपालबाट भारततर्फ जाँदै गरेको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
