समाचार
पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निसिमको सालिक स्थापना हुने
पोखरा । पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निमिस थापाको सालिक स्थापना हुने भएको छ । नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका थापाको स्मृतिमा अर्धकदको सालिक स्थापना गरिने भएको हो । बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११५ औं बोर्ड बैठकले खेलका दौरान ज्यान...
आचारसंहिता उल्लंघन भए उम्मेदवारी खारेजी
काठमाडौं । निर्वाचन आयोगले विभिन्न सातबुँदे निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन भएमा कारबाही गर्ने चेतावनी दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जारी आचारसंहिताविपरीतका अन्य व्यवस्था उल्लंघन भएमा ‘प्रचलित कानून बमोजिम जरीवाना तथा उम्मेदवारी खारेजी’ सम्मको सजाय हुन सक्ने आयोगले प्रस्ट...
आसन्न निर्वाचन : २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगका अनुसार, प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेश सभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो । समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि...
नवौँ राष्ट्रिय खेलकुद : आज समापन गरिँदै
काठमाडौं । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आज गरिने भएको छ । समापन समारोहका अवसरमा पोखरा महानगरले आज एक दिन विशेष विदा दिएको छ । महानगरले आज एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय...
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । एकदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
बझाङ जिप दुर्घटनामा परेर ७ जनाको मृत्यु
बझाङ । बझाङको मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै बुधबार जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । सुर्मादेवी मेला हेरेर घर फर्किने क्रममा सु.प.प्र.००१ च ११७ नम्वरको जीप दुर्घटना भएको हो । जीप सडकभन्दा...
आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशका पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ...
हेटौंडा मोडेल अस्पतालमा सिल
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ स्थित हेटौंडा मोडेल अस्पतालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शिल गरेको छ । १० बेडको अनुमती लिएर स्वीकृतिभन्दा बढी बेड राखी सञ्चालन गरेको र अनुमति बिना फार्मेसी, ल्याब संचालन गरेको भन्दै अस्पताल शिल गरिएको हो । एनएसथेसियोलोजिस्ट डाक्टर नराखी एनएसथेसिया सहायकद्वारा विरामीलाई बेहोस बनाएर...
मकवानपुरमा थप ३६ जनामा डेंगु संक्रमण
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ३६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै मनहरी गाउँपालिकाका रहेका छन् । त्यहाँ १८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, हेटौंडा उपनगरपालिकाका १७ जना र हाल ठेगाना नखुलेका १ जनालाई डेंगु संक्रमण...
स्रोत नखुलेको ४२ लाखसहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंका ढल्कोबाट स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ३७ वर्षीय नविन गोयल र ४५ वर्षीय उमेश महेश्वरी रहेका छन् । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुले भारतीय नागरिक बाल चन्द्र सरावगीको फ्ल्याटमा हुण्डी...









