मकवानपुरमा थप ३६ जनामा डेंगु संक्रमण
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ३६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै मनहरी गाउँपालिकाका रहेका छन् । त्यहाँ १८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, हेटौंडा उपनगरपालिकाका १७ जना र हाल ठेगाना नखुलेका १ जनालाई डेंगु संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ४ हजार ३४१ जना पुगेको छ । जसमध्ये २ हजार ४३० जना पुरुष र १ हजार ९३९ जना महिला रहेका छन् ।
जिल्लामा उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
