समाचार

डोजर भनेर बुल्डोजर चुनाव चिह्न दिएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौं–१ का स्वतन्त्र उम्मेदवार देव शर्माले निर्वाचन आयोगले आफूलाई डोजर भनेर बुल्डोजर चुनाव चिह्न दिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । असोज २६ मा आयोगले डोजर चुनाव चिह्न दिएको तर, अनुसूचीमा हेर्दा डोजर नभई रोलर देखिएको उनले बताएका छन् । उक्त चुनाव चिह्न सच्याउन निर्वाचन आयोगमा...

आमसभामा झण्डा र चुनाव चिह्न १०/१० वटा मात्रै

काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचार–प्रचार सामग्रीको सीमाबारे राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, तथा सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गरेको छ । आयोगले चुनावी प्रचार सामग्रीहरुको सीमा सार्वजनिक गर्दै भनेको छ, ‘जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३÷४ फिटको दश–दश वटासम्म झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइने ।’ उम्मेदवार वा...

भीरबाट धकेलिदिंदा भाइको मृत्यु, दाई पक्राउ

बुटवल । अर्घाखाँचीमा एक वृद्धले भीरबाट धकेलेर आफ्नै भाइको हत्या गरेका छन् । भूमिकास्थान नगरपालिका १ खलाधाराको भीरबाट ७४ वर्षीय हिम बहादुर गमालले धकेलिदिंदा सोही ठाउँका ७० वर्षीय वीर बहादुर गमालको मृत्यु भएको हो । हिमबहादुर र वीरबहादुर सहोदर दाजुभाइ हुन् । हिमबहादुर गमालले कात्तिक २ गते बेलुकी अन्दाजी...

माइक्रोबस दुर्घटना हुँदा ३ जना घाइते

दाङ । दाङको तुलसीपुर–अमेलिया सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने २ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ । तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको भे १ ज ७९२ नम्वरको माइक्रोबस बिहीबार अपरान्ह ४ बजे अनियन्त्रित भएर सडकमै पल्टिएर दुर्घटना भएको...

गठबन्धनका शीर्ष नेताले आज पोखरामा प्रशिक्षण दिने

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आज पोखराबाट प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान सुरु गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् । प्रशिक्षणलाई सम्बोधन गर्न माओवादी...

आज मौसम सामान्यतया सफा रहने

काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसकारण मुलुकका पहाडी भेगमा बदली हुने गरेको छ । केही क्षेत्रमा हल्का वर्षा पनि भइरहेको छ । यस्तै, आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनुका...

संविधान नै नमान्ने दलले कसरी मुलुकको विकास गर्छ ?: डीना

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधानमा हस्ताक्षर नगर्ने र संसद् विघटन गर्दै संविधानमाथि प्रहार गर्ने दलबाट मुलुकको हित हुन नसक्ने बताएकी छन् । कांग्रेसको नेतृत्वमा ५ दलले मुलुक, संविधान र लोकतन्त्र जोगाएको स्मरण गर्दै गठबन्धनका...

गोली प्रहार गरी घाइते बनाएको आरोपमा चार जना पक्राउ

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानी घर भई सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत ३० वर्षीय साजन कार्कीलाई गोली प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले गएराति चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकौला गाउँपालिका–१ बस्ने ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र शहनी, भारत बिहार तरयानी छप्रा–८ बस्ने...

निर्वाचनमा उम्मेदवारले कुन–कुन शीर्षकमा खर्च गर्न पाउँछन् ?

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारहरूले ऐन तथा कानूनको परिधिभित्र रहेर खर्च गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा निर्देशिकाको प्रतिकूल नहुने गरी...

शुक्रबार बुटवलमा सत्ता गठबन्धनका शीर्ष नेताले प्रशिक्षण दिने

रुपन्देही । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शुक्रबार रुपन्देहीको बुटवल आउने भएका छन् । पाँच दलीय गठबन्धनका अगुवा नेता कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिन शीर्ष नेताहरु बुटवल आउन लागेको माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल...