माइक्रोबस दुर्घटना हुँदा ३ जना घाइते

तु खबर संवाददाता
२०७९ कार्तिक ४, शुक्रबार ०८:२७

दाङ । दाङको तुलसीपुर–अमेलिया सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने २ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको भे १ ज ७९२ नम्वरको माइक्रोबस बिहीबार अपरान्ह ४ बजे अनियन्त्रित भएर सडकमै पल्टिएर दुर्घटना भएको हो । दुर्घटनमाा गाडीका चालक बाँकेको राझाका २७ वर्षका राजन बिक गम्भीर घाइते भएका छन् । थप उपचारका लागि उनलाई नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका – १६ का ५० बर्षका सरिता बस्नेत र दंगीशरण गाउँपालिका – १ बाँकीका २० वर्षका टोपेन्द्र बिष्ट समान्य घाइते भएका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गाडिको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा ७ जना सवार थिए ।