समाचार

कुन पार्टीबाट कति छन् महिला र पुरुष उम्मेदवार ?

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार प्रतिस्प्रर्धामा छन् । प्रतिनिधि सभा सदस्यका लागि दलहरुले धेरै संख्यामा पुरुष उम्मेदवार खडा गरेका छन् । प्रतिनिधि सभा तर्फ २ हजार १८७ पुरुष उम्मेदवार रहेका छन् भने २२५ जना...

एक सातामा प्रतितोला १०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । एक साताको अवधिमा सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त भाउ घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोलामा ९४ हजार १०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको भाउ प्रतितोला ९३...

कांग्रेसद्वारा सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिमा सदस्य मनोनयन

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले सांस्कृतिक समन्वय तथा प्रचार–प्रसार उपसमितिमा सदस्यहरू मनोनयन गरेको छ । ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति’ का संयोजक एवम् पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले सदस्यहरू मनोनयन गरेका हुन्...

प्रतिनिधि सभा सदस्यका लागि ८६७ जनाको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ८६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका कूल २ हजार ४१२ उम्मेदवारमध्ये सबैभन्दा धेरै स्वतन्त्र तर्फबाट उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार, राजनीतिक दलतर्फ सबैभन्दा धेरै नेकपा एमालेले...

दुर्घटनामा परेर मकवानपुरका गोलेको मृत्यु

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति धरान–चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती–५ कोइलादमार चोक नजिक मलामी गएर फर्केको ना १ ह ५८५५ नम्वरको अटो रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्वरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको...

सम्पादक अधिकारीलाई भर्सटाइल जर्नालिस्ट अवार्ड

  काठमाडौं । तु खबर डटकमका सम्पादक गिरिजा अधिकारी काठमाडौंमा आयोजित एक कार्यक्रममा भर्सटाइल जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । सिजन मिडियाका अध्यक्ष प्रदिपराज वन्तको अध्यक्षतमा भएको कार्यक्रममा नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्पादक अधिकारीलाई अवार्डबाट सम्मानित गरेका हुन् । करीव दुई दशकअघिदेखि पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा...

मनहरी–२ नकआउट फुटबल : आज दुई खेल हुँदै

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा जारी टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज दुई वटा खेल हुँदैछ । शुभ दिपावली एवम् छठ पर्वको अवसरमा जनशक्ति उपभोक्ता समूह, मनहरी–२ घट्टेपाखाले आयोजना गरेको उक्त प्रतियोगिताको आज दुई खेल हुने भएको हो । आज दिउँसो २ बजेदेखि सुरु हुने...

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३३ हजार नाघ्यो

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३३ हजार नाघेको छ । प्रदेशमा गत साउनदेखि बिहीबारसम्ममा ३३ हजार १६६ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् ।...

निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने

कञ्चनपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ । भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा आज सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ...

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेका छन् । घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमो चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ...