प्रतिनिधि सभा सदस्यका लागि ८६७ जनाको स्वतन्त्र उम्मेदवारी

तु खबर संवाददाता
२०७९ कार्तिक ५, शनिबार १६:१६

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ८६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका कूल २ हजार ४१२ उम्मेदवारमध्ये सबैभन्दा धेरै स्वतन्त्र तर्फबाट उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार, राजनीतिक दलतर्फ सबैभन्दा धेरै नेकपा एमालेले १४१ स्थानमा उम्मेदवारी दिएको छ । दोश्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले १४० स्थानमा, तेश्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ स्थानमा र चौथो स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीले १०९ स्थानमा उम्मेदवारी दिएको छ ।