एक सातामा प्रतितोला १०० रुपैयाँले घट्यो सुनको भाउ

तु खबर संवाददाता
२०७९ कार्तिक ५,शनिबार १६:३३
file-photo

काठमाडौं । एक साताको अवधिमा सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त भाउ घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोलामा ९४ हजार १०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शनिबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम रहेको छ ।

यो साताको आइतबार सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले घटेको थियो । यस्तै, सोमबार २०० रुपैयाँले बढेको थियो भने मंगलबार १०० रुपैयाँले बढेको थियो । यस्तै, बुधबार तोलामा २०० रुपैयाँले घटेको सुनको भाउ विहीबार फेरि १०० ले घटेको थियो ।

यस्तै, शुक्रबार तोलामा ६०० रुपैयाँले घटे पनि आज शनिबार पुन १५ सय रुपैयाँले बढेको महासंघले जनाएको छ । यस्तै, यो साता चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो शनिबारसम्म उक्त मुल्यले चाँदीको भाउ बढेको जनाएको हो । गत साताको शुक्रबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी हाल १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।