मनहरी–२ नकआउट फुटबल : आज दुई खेल हुँदै

तु खबर संवाददाता
२०७९ कार्तिक ४,शुक्रबार ११:००
file-photo

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा जारी टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज दुई वटा खेल हुँदैछ । शुभ दिपावली एवम् छठ पर्वको अवसरमा जनशक्ति उपभोक्ता समूह, मनहरी–२ घट्टेपाखाले आयोजना गरेको उक्त प्रतियोगिताको आज दुई खेल हुने भएको हो ।

आज दिउँसो २ बजेदेखि सुरु हुने पहिलो खेल सृजनाशिल युवा क्लब (सी) र स्याङ्बो टोल (टाँडी) बीच प्रतिस्प्रर्धा हुने भएको छ भने दोस्रो खेल जनशक्ति उपभोक्ता समुह (ए) र जुन तारा युवा क्लब (बी) बीच प्रतिस्प्रर्धा हुने उपभोक्ता समूहका सचिव आत्मराम रुम्बाले जानकारी दिए ।

प्रतियोगिता बिहीबारबाट स्थानीय त्रिरत्न प्राथामिक विद्यालयको खेल मैदानमा संचालन भएको थियोे । उक्त प्रतियोगितामा आगामी असोज ८ गतेसम्म संचालन हुनेछ ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुने टिमलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । साथै प्रतियोगिता समापनको दिन साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको जनाएको छ ।