दुर्घटनामा परेर मकवानपुरका गोलेको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक ५, शनिबार १६:०७

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति धरान–चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती–५ कोइलादमार चोक नजिक मलामी गएर फर्केको ना १ ह ५८५५ नम्वरको अटो रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्वरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नम्वर ८ बस्ने रामबहादुर गोले रहेका छन् । दुर्घटनामा अटो चालक बागमती–८ निवासी सिंहबहादुर योन्जन, अटोमा सवार सोही वडाका बीरबहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन् । उनीहरु तीनै जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।