स्रोत नखुलेको ४२ लाखसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक २, बुधबार १७:४०
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंका ढल्कोबाट स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ३७ वर्षीय नविन गोयल र ४५ वर्षीय उमेश महेश्वरी रहेका छन् । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले भारतीय नागरिक बाल चन्द्र सरावगीको फ्ल्याटमा हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ४१ लाख ९६ हजार रुपैयाँ बरामद गर्नुका साथै तत्काल पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गोयर भारत हरियाणा प्रदेश घर भई ढल्कोमै बस्दै आएका थिए भने उमेश कपिलवस्तुको कृष्णनगर घर भइ ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।