देशभर सक्रिय संक्रमित ७३६ पुग्यो

तु खबर संवाददाता
२०७९ कार्तिक १, मंगलवार १७:१३
file-photo

काठमाडौं । देशभर थप ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५१० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट ४२ तथा एन्टीजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएक छन भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।

आज थपिएसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७० हजार ९९४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएको मन्त्रालयले जनाएको छ ।