प्रत्यक्षतर्फ दुई प्रदेशको मतपत्र छपाइ सकियो

तु खबर संवाददाता
२०७९ कार्तिक १, मंगलवार १५:२७

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने समानुपातिक निर्वाचित प्रणाली अन्तरगत दुई वटा प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको हो ।

यी दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधि सभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको हो ।

यस पटक पहिलो हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन पत्र दर्ता भई अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्र छपाइ गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार, यसअघि बागमतीप्रदेशसहित तीन वटा प्रदेशको मतपत्र छपाइ सम्पन्न गरी ढुवानी कार्य पनि भइसकेको छ ।