समाचार
नाडा अटो शो आज समापन हुदै ऐतिहासिक सहभागिता
काठमाडौँ । पाँच दिनदेखि भव्यता र आकर्षणका साथ चलिरहेको ‘नाडा अटो शो–२०२५’ आज आइतबार भृकुटीमण्डपमा सम्पन्न हुदै छ । यसपटकको अटो शोले नेपाली अटोमोबाइल बजारलाई ऐतिहासिक उपलब्धिमा पुर्याएको आयोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ । भदौ ७ गतेसम्म मात्र १ लाख ४९ हजार ८८१ दर्शकले प्रदर्शनी स्थलमा...
सुनको मूल्यमा तीव्र वृद्धि
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च बढेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९५ हजार...
वीरगञ्जमा हैजाको प्रकोप : दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्द
वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि सम्पूर्ण शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गरिएका छन् । महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार र सोमबार विद्यालय बन्द गर्ने निर्णय गर्दै सूचना जारी गरेको हो । वीरगञ्ज महानगरपालिकाको वडा नं. ११, १२, १३ र १६ मा हैजा तीव्र रूपमा फैलिएको पुष्टि भएको...
नेपाली सेनाले निर्माण गरेको आयोजनामा शतप्रतिशत प्रगति
काठमाडौं । रक्षा मन्त्रालयका अनुसार नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन भइरहेका राष्ट्रिय प्राथमिकता प्राप्त सडक तथा पूर्वाधार आयोजनाले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसार प्रगति हासिल गरेका छन्। कोशी, कर्णाली, महाकाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनासहितका योजनामा वार्षिक लक्ष्यअनुसार शतप्रतिशत काम पूरा भएको मन्त्रालयले जनाएको छ। यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, चुरे–तराई/मधेश...
यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४...
भियतनामकी उपराष्ट्रपति सुआन नेपालको औपचारिक भ्रमणमा
काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आइपुगेकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणालगायतका अधिकारीहरूले स्वागत गरेका थिए । भियतनामको तर्फबाट यो नेपालमा भएको पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा...
ट्रम्पले पुटिनलाई दिए दुई हप्ताको अल्टिमेटम, युक्रेन युद्ध अन्त्यका लागि दबाब
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “दुई हप्ता”को समयसीमा दिँदै युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आग्रह गरेका छन्। शुक्रबार उनले भने, “म पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेट्न चाहन्छु, तर धेरैले भन्नुभएको छ त्यस्तो बैठकबाट केही आउँदैन। तर हामीले प्रयास गर्नै पर्छ, किनकि दीनप्रदीन मानिसहरू मरीरहेक...
आज कुशे औँसी,गोकर्णेश्वरमा भक्तजनको घुइँचो
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज भाद्रकृष्ण औँसीका दिन विशेष श्रद्धा एवं भक्तिसाथ कुशे औँसी पर्व मनाउँदै छन्। आजको दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याइन्छ। बिहानैदेखि भक्तजनहरू काठमाडौँको गोकर्णेश्वर उत्तरगया पितृ तीर्थधाममा पुगेका छन्। दिवङ्गत पितालाई सम्झी तर्पण, सिदादान र पिण्ड अर्पण गर्ने धार्मिक...
नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित, टप एन्ड टी–२० यात्रा समाप्त
काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ । टस जितेर ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनको योगफल बनायो । पाकिस्तानका इरफान खानले नटआउट ४२ रन जोडे भने नेपालका सोमपाल कामीले...
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कडेल निलम्बित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कडेललाई निलम्बन गरेको छ । रूपन्देही प्रहरीले कडेललाई नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न भएको अभियोगमा बिहीबार पक्राउ गरेपछि शुक्रबार केन्द्रीय अनुशासन आयोगले उनलाई निलम्बन गरेको हो । आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा जारी विज्ञप्तिमा प्रहरीको छानबिन र...










