समाचार

गाजामा इजरायली सैन्य योजना तीव्र, युद्धविराम अनिश्चित

हमासले कतार र इजिप्टका मध्यस्थकर्तामार्फत प्रस्तुत गरिएको पछिल्लो गाजा युद्धविराम प्रस्ताव स्वीकार गरेको झण्डै एक हप्ता बितिसक्दा पनि इजरायलले अझै आधिकारिक प्रतिक्रिया दिएको छैन। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरू फिर्ता ल्याउन र युद्ध अन्त्य गर्न “तुरुन्त वार्ता सुरु गर्ने” दाबी गरेपनि, टेबलमा रहेको प्रस्तावबारे स्पष्ट टिप्पणी गरेका छैनन्। नेतान्याहूले गत...

प्रि–आईपीओ नाममा ठगी रोक्न धितोपत्र बोर्डको चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रि–आईपीओको नाममा सर्वसाधारण लगानीकर्ताबाट अनधिकृत रूपमा रकम उठाउने कार्य तत्काल रोक्न चेतावनी दिएको छ । पछिल्ला दिनमा सामाजिक सञ्जाल, इमेल र मोबाइल एसएमएसमार्फत चाँडै सार्वजनिक निष्काशन (आईपीओ) आउँदैछ भन्दै शेयर खरिद गर्न प्रस्ताव गर्ने प्रवृत्ति बढेपछि बोर्डले यसबारे गम्भीर ध्यानाकर्षण गराएको हो । बोर्डले...

राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै उक्त मिति तय गरेका हुन् । समितिको सभापति चयनका लागि आवश्यक प्रक्रिया पूरा गर्न सभामुखले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । राज्य व्यवस्था समिति...

शिक्षक महासंघ आजदेखि पुनः आन्दोलनमा

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० ले आफ्ना माग र अधिकारलाई सम्बोधन नगरेको भन्दै आज (भदौ ९) देखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकार कमजोर बनाएको आरोप लगाएका छन्। गत वैशाखमा एक महिनासम्म चलेको शिक्षक आन्दोलन...

उच्च शिक्षा अध्ययनमा ठूलो खर्च, विदेशियो एक खर्ब ३८ अर्ब

काठमाडौँ । देशभित्रै विभिन्न ठुलाठुला विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेतापनि ठूलो मात्रामा धनराशी उच्च शिक्षाका लागि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष यस शीर्षकमा एक...

यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीददर १३९.७६ रुपैयाँ र बिक्रीदर १४०.३६ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९०.७० रुपैयाँ र बिक्रीदर ९१.०१ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको खरीददर ९.५१ रुपैयाँ र...

भाटभटेनी सुपर स्टोरलाई कारबाही, २ लाख जरिवाना

काठमाडौँ । मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोर कारबाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार हानेको छापामा भाटभटेनीलाई नगदसहितको जरिवाना तिराएको हो । विभागका अनुसार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–१४ मा सञ्चालनमा रहेको भाटभटेनी सुपर स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । उक्त स्टोरलाई दफा ३८...

राष्ट्र बैंकले गर्‍यो लघुवित्तहरूको लाभांश वितरण व्यवस्था संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरण सम्बन्धी व्यवस्था संशोधन गरेको छ। राष्ट्र बैंकले आइतबार जारी परिपत्रमार्फत नयाँ व्यवस्था ल्याएको हो। नयाँ व्यवस्थाअनुसार लघुवित्त संस्थाहरूले लाभांश घोषणा वा वितरण गर्दा लाभांश वितरण पछिको पुँजीकोष अनुपात र पछिल्लो असार मसान्तको निष्कृय कर्जा अनुपातलाई आधार मानी...

रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि, एक वर्षमै १९.२ प्रतिशत बढ्यो

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा नेपाल भित्रिने रेमिट्यान्समा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित तथ्याङ्कअनुसार गत वर्ष असार मसान्तसम्म कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशत बढी हो। अघिल्लो वर्ष रेमिट्यान्स वृद्धिदर १६.५ प्रतिशत रहेको थियो। तथ्याङ्कअनुसार,...

उखु बोकेरै किसानको माइतीघरमा धर्ना

काठमाडौं । सरकारले उखु किसानलाई उपलब्ध गराउँदै आएको अनुदान रकम आधा घटाएर ७० रुपैयाँबाट ३५ रुपैयाँ प्रतिक्विन्टलमा सीमित गरेपछि तराई–मधेशका किसानहरूले काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । आर्थिक वर्ष ०८१/०८२ को उखुको वक्यौता अनुदान भुक्तानी माग गर्दै आइतबारदेखि उखु उत्पादक महासंघ नेपालको अगुवाइमा १३ जिल्लाका किसानहरू माइतीघर मण्डलामा भेला...