महेश बस्नेतलाई कारबाही गर्न पत्रकार महासंघको माग
काठमाडौँ । पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएकोमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले ध्यानाकर्षण भएको जनाएको छ । समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएपछि महासंघले विज्ञप्ती जारी गर्दै सो कार्यको भत्र्सना गर्दै बस्नेतमाथि कारवाही गर्न माग गरेको हो ।
पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न महासंघले सचेत गराएको छ भने सो कार्यमा संलग्न माथि कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
केही दिन अघि भएको आन्दोलन र त्यससँग जोडिएका समाचारहरुको बारेमा एमाले नेता महेश बस्नेतले पत्रकारलाई धम्की दिएका थिए । निकै आक्रोशित भएका बस्नेतको धम्कीपछि महासंघले सो कार्यको निन्दा र भत्र्सना गरेको हो ।
