समाचार
यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको सटहीदर अनुसार एक अमेरिकी डलरको खरीददर १४० रुपैयाँ र बिक्रीदर १४०.६० रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ तोकिएको छ भने एक मलेसियन रिंगिटको खरीददर ३३.२१ रुपैयाँ र बिक्रीदर ३३.३५ रुपैयाँ तोकिएको...
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्न छलफल
काठमाडौं । भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको हो । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय...
शेयर बजारमा सामान्य सुधारः कारोबार रकम खुम्चियो
काठमाडौँ — पछिल्ला केही दिनदेखि निरन्तर घटिरहेको शेयर बजारमा पछिल्लो दुई दिन केही सुधार देखिएको छ। नेप्से परिसूचक ७.६० अंकले बढेर २७६८.८६ बिन्दुमा पुगेको छ। आज ३२२ कम्पनीका ९२ लाख ४३ हजार २३२ कित्ता शेयरको कारोबार ४ अर्ब १८ करोडमा सम्पन्न भएको छ। बजार बढ्दा लगानीकर्तामा थोरै भएपनि उत्साह...
पाँच हजार डलरभन्दा बढीमा भन्सार घोषणा अनिवार्य
काठमाडौं — नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारमा कडाइ गर्ने निर्णय गर्दै भन्सार घोषणा अनिवार्य गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार ५ हजार अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा नेपालमा भित्र्याउँदा वा बाहिर लैजाँदा भन्सारमा घोषणा गर्नुपर्ने व्यवस्था लागू गरिएको छ। नयाँ नियमअनुसार नेपाली वा विदेशी...
कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाइ पठाउने
काठमाडौँ — नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ। हाल संसदीय सुनुवाइ समितिकी सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्यव्यवस्था समितिको नेतृत्वमा पठाउन लागिएको हो। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको...
सरकारले २३ नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने
काठमाडौं । सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ । गृह मन्त्रालयका अनुसार २३ जिल्लामा...
हरितालिका तीजमा पशुपतिनाथमा महिलाको भीड, चारै ढोका बिहान ३ बजेदेखि खुला
काठमाडौं । हिन्दु महिलाहरूको महान् पर्व हरितालिका (तीज) आज देशभर धार्मिक श्रद्धा र उत्साहका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा महिलाहरूले निराहार व्रत बसेर भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा रहिआएको छ। पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पति स्वरूप...
लिपुलेक सम्झौताप्रति रास्वपाको आपत्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार मार्ग पुनः खोल्ने सम्झौताप्रति कडा आपत्ति जनाएको छ। पार्टीले नेपाली भूभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना वैध मान्न नसकिने प्रष्ट पारेको छ। रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले...
बढ्यो सुनको मूल्य, हरितालिका तीजको दिन प्रतितोला कति ?
काठमाडौँ । हरितालिका तीजको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला दुई...
आज हरितालिका तीज मनाइँदै
काठमाडौं । हिन्दू महिलाहरूले आज हरितालिका तीज पर्व धुमधामका साथ मनाउँदै छन्। भगवान् शिव र पार्वतीको आराधना गर्दै मनाइने यो पर्व विशेषगरी अविवाहित महिलाले योग्य वर पाउन र विवाहित महिलाले पतिको दीर्घायु तथा परिवारको समृद्धिका लागि व्रत बसेर पूजा गर्ने परम्परा रहिआएको छ। तीजको दिन बिहानै स्नान गरी रातो...









