विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएर जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए।
सरकारको निर्णयअनुसार शाक्य अब जल तथा ऊर्जा आयोगमा कार्यरत रहनेछन् भने सिलवालले विद्युत प्राधिकरणको कार्यकारी नेतृत्व सम्हाल्नेछन्।
