कार्कीको नेतृत्वमा उच्च स्तरीय न्यायिक जाँचबुझ आयोग गठन
काठमाडौं । सरकारले विशेष अदालतका पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा उच्च स्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।
गत भदौं २३ र २४ गते देशैभर भएको घटनाबारे छानविन गर्न हिजो बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वैठकले आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गृह तथा कानुन मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए ।
सो आयोगको सदस्यहरुमा पूर्व प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्मा तथा कानुन विद् विश्वेश्वर प्रसाद भण्डारी सदस्य रहनेछन् । आायोगलाई घटना सम्बन्धमा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न तीन महिनााको समय दिइएको छ ।
