समाचार

प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता हुँदै

काठमाडौँ – चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षासँगै सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गरिनेछ। प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार यस...

भारत भ्रमणअघि चीन जाने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई सातापछि चीन भ्रमणमा जाने भएका छन्। चीनमा हुन लागेको संघाइ सहयोग संस्था (एससिओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन् । दुईदिने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग प्रधानमन्त्री ओलीको भेट हुने सम्भावना छ। चीन निकट मानिएका प्रधानमन्त्री...

बाजुराको बिच्छ्या खोलामा बाढी, दुई घर पुरिँदा १५ घर जोखिममा

काठमाण्डौ – बाजुराको हिमाली गाउँपालिका–१ स्थित बिच्छ्या खोलामा आएको बाढीले दुई घर पुरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हिजो बेलुकी करिब ६ बजे आएको बाढीले स्थानीय नरेन्द्र बुढाको पसल र सञ्चलाल थापाको घर पुरेको हो। बाढीले धनसिंह थापा, सब्बले थापा, लाल बहादुर थापा र गोताल थापाको घरमा आंशिक...

दिल्लीमा भारी वर्षा, आईएमडीको रेड अलर्ट

एनसीआरका केही भागमा बिहीबार बिहानै मुसलधारे वर्षा भएको छ । भारी वर्षा र जलमग्नतापछि भारत मौसम विभाग (आईएमडी) ले पहिलाको पहेंलो चेतावनीलाई उचाल्दै रेड अलर्ट जारी गरेको हो । बिहानदेखि दिल्ली, नोएडा र गुरुग्रामका विभिन्न स्थानमा हल्कादेखि मध्यम तथा कतिपय क्षेत्रमा भारी वर्षा भएको छ । गुरुग्रामको बसाई रोडलगायतका...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४० रुपैयाँ २१ पैसा कायम भएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८९ पैसा...

पश्चिम नेपालतर्फ मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। ती प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा र मधेश प्रदेशका केही भागमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा...

चक्रे मिलनसहित १९ जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं — जिल्ला अदालत काठमाडौंले मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश खिमानन्द भुसालको इजलासले बुधबार गरेको आदेशअनुसार चक्रे मिलन र रोजेश खड्कालाई जनही ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न निर्देशन दिइएको हो। साउन १५ गते साम्बाला होटलबाट गुन्डागर्दीको आरोपमा पक्राउ परेका...

दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरिया । रोजगार अनुमति प्रणालीबाट कोरिया आएका एक नेपालीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । इलाम जिल्ला सुर्योदय नगरपालिका घर भएका ३४ वर्षीय सागर राईको मृत्यु भएको उनको परिवारले जनाएको छ । कोरियाको ख्यङ्जू भन्ने ठाउँमा कार्यरत राई ४ दिन अधि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए...

लगातारको गिरावटले लगानीकर्ताको मनोबल कमजोर, नेप्से २७८५.७४ बिन्दुमा

काठमाडौँ । पुँजी बजारमा लगातारको गिरावट आज पनि रोकिएको छैन । पछिल्ला केही दिनदेखि जारी घटबढको लहरले लगानीकर्ताको करोडौँ रुपैयाँ जोखिममा परेको छ । केही समयअघि ३,००० बिन्दु नाघेको बजारले ३,२०० पाउने आशा जगाएको थियो, तर हाल शेयर मूल्य घट्दै जाँदा लगानीकर्तालाई ठूलो घाटा व्यहोर्नु परेको छ। विश्लेषकका अनुसार...

प्रधानमन्त्री ओलीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे संसदमा जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई सम्पन्न गरेको तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसदलाई जानकारी गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साउन १८ गते मध्यराति तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गरी साउन २३ गते फर्किने क्रममा भएका भेटघाट र...