समाचार

आज राष्ट्रियसभाको बैठक, यस्ता छन् कार्यसूची

काठमाडौँ । राष्ट्रियसभा बैठक आज ११ बजे संसद् भवनमा बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०र८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ। आजकै बैठकमा पाँच वटा संसदीय समितिको बैठक पनि बस्ने तय भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन...

यस्तो छ आजको विदेशी मुद्राको सटही दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१...

भारतको जम्मु–कश्मीर बाढीमा ४६ तीर्थयात्रीको मृत्यु, सयौं घाइते

कश्मीरको किश्तवाड जिल्लास्थित माछेल माता तीर्थ मार्गमा बिहीबार दिउँसो आएको भीषण बाढीले कम्तीमा ४६ जनाको ज्यान लिएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। चोसीटी (चसोती) गाउँमा बादल फुटेर आएको बाढीमा परेर कैयौं तीर्थयात्री बेपत्ता छन्। अधिकारीहरूका अनुसार हालसम्म १६० जनाभन्दा बढीको उद्धार गरिएको छ र मृतकको संख्या...

नागढुंगा सुरुङ मार्ग प्रवेश शुल्क तोकियो, मोटरसाइकल प्रवेशमा प्रतिबन्ध

काठमाडौं – मन्त्रिपरिषद्को बैठकले नागढुंगा सुरुङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित गरेको छ। गत साउन २६ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन्। सडक विभागले तयार पारेको निर्देशिका अनुसार कार र भ्यानले...

नेपाल गोरखा परिवार दक्षिण कोरियाको अधिवेशन आइतबार हुँदै

दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाको तेह्रौं अधिवेशन हुँदैछ । आउँदो आइतबार अर्थात् १७ अगष्ट २०२५ मा अधिवेशन हुने जनाइएको छ । प्रवासी भुमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ कोरियामा सक्रिय संस्थाको रुपमा परिचित गोरखा परिवार दक्षिण कोरियाले आफ्नो अधिवेशन...

पर्यटन विभागका निर्देशक यादवमाथि ९७ लाखको अवैध सम्पत्ति मुद्दा

काठमाडौँ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभाग भृकुटीमण्डप काठमाडौँका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन प्रकरणमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा गरिएको अनुसन्धानबाट यादवले...

एमसीसी अन्तर्गत १८० किमी प्रसारण लाइन निर्माणका लागि दुई सम्झौता

मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) नेपाल परियोजना अन्तर्गत विद्युत् प्रसारण आयोजना अघि बढाउन दुई वटा प्रमुख ठेक्का सम्झौता भएका छन्। एमसीसीको स्थानीय कार्यान्वयन निकाय मिलेनियम च्यालेन्च एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका...

पशुपति आर्यघाटमा शवबाट हड्डी निकाल्ने थप दुई जना पक्राउ

काठमाडौं – पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बेच्ने गिरोहमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्। यसअघि, गणेशप्रसाद ढकाल (जीवनाथ ढकाल) र...

प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता हुँदै

काठमाडौँ – चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षासँगै सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गरिनेछ। प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार यस...

भारत भ्रमणअघि चीन जाने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई सातापछि चीन भ्रमणमा जाने भएका छन्। चीनमा हुन लागेको संघाइ सहयोग संस्था (एससिओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन् । दुईदिने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग प्रधानमन्त्री ओलीको भेट हुने सम्भावना छ। चीन निकट मानिएका प्रधानमन्त्री...