समाचार
मेयर बालेन्द्र शाहविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा आज सुनुवाइ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ । सर्वोच्च अदालतको आदेशविरुद्ध शाहले दिएको अभिव्यक्ति विवादमा परेको थियो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा शाहविरुद्ध दर्ता भएको अवहेलनाको मुद्दा सुनुवाइ हुँदैछ । अधिवक्ता दीपकराज जोशीले...
निरन्तर उकालो लाग्दै सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । सोमबार सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
सामाजिक सुरक्षा कोषबाटै स्वास्थ्य बीमा गराउने सरकारको निर्णयमा राष्ट्रिय सभाको असन्तृष्टी
काठमाडौं । प्रतिनिधि सभाले पारित गरेको सामाजिक सुरक्षा कोषमार्फत निजामती कर्मचारी र उनका परिवारलाई स्वास्थ्य बीमा योजना लागू गर्ने प्रावधानमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले फरक मत दिएका छन् । सरकारले सामाजिक सुरक्षा कोषबाटै योगदानकर्ताहरुको स्वास्थ्य बीमा गराउने व्यवस्थामा राष्ट्रिय सभाले असन्तृष्टी जनाएको छ । सामाजिक सुरक्षा कोष र...
अफगानिस्तानको शक्तिशाली भूकम्पमा कैयौंको ज्यान गयो, उद्दार कार्य जारी
काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६ रेक्टरको भूकम्प गएको छ । उक्त भूकम्पमा परी २० जना मृत्यु भएको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११ः४७ गएको ६.० तीव्रताको भूकम्पमा ११५ भन्दा बढी घाइतेको उपचार भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । प्रभावित प्रान्तहरू दुर्गम...
रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ को आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले थापालाई चुनाव चिन्ह ‘घण्टी’ हस्तान्तरण गर्दै उम्मेदवार घोषणा गरेका हुन् । नौ जना आकांक्षीमध्ये प्राइमरी इलेक्सन र अन्य छनोट प्रक्रियाबाट...
लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ सय ३८ किलो ८ सय ग्राम सहित ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल नगरपालिका-८ घर भएका २१ वर्षीय सुदिप तामाङ, २० वर्षीय सबिन तामाङ, दोलखा सैलुङ गाउँपालिका-८ घर भएका २२ वर्षीय सागर तामाङ, मकवानपुर...
विदा भए अवकासप्राप्त सचिव सुरेश आचार्य
काठमाडौं। करिब साढे तीन दशक लामो सरकारी सेवाजीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य विदा भएका छन् । आइतवार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आचार्यलाई दोसल्ला र कदरपत्रसहित सम्मानपूर्वक विदाई गरेका हुन् । कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीदेखि विभिन्न तह–तप्काका...
पुँजी बजार राताम्यः डुब्दै करोडौं लगानी, दशैंको प्रभाव कि चलखेल ?
काठमाडौँ । शेयर बजारमा लगातार दुई दिनको भारी गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ । बजारमा आएको गिरावटले धेरै सामान्य लगानीकर्तालाई वित्तीय नोक्सानीमा पारिसकेको छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला माफियाहरूले ३२०० बिन्दु पुग्ने आशामा शेयर खरिदको अभियान चलाएका थिए । तर अहिले ती लगानीकर्ताहरूको...
डा. गोविन्द केसीद्वारा निजी मेडिकल कलेज सिट वृद्धि विरुद्ध सत्याग्रह सुरु
काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने सरकारको निर्णयको विरोध गर्दै २३ औँ सत्याग्रह सुरु गरेका छन् । धनगढीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आइतबारदेखि सुरु गरिएको तीनदिने सत्याग्रहमा उनले सरकार र अदालतका गलत निर्णयले चिकित्सा शिक्षा ऐन नै धरापमा...
दुग्ध विकास संस्थान अगाडि किसानको धर्ना, प्रहरी हस्तक्षेप
काठमाडौँ । दूधको मूल्य भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसानहरूले आज काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) कार्यालय अगाडि धर्ना दिएका छन् । अखिल नेपाल किसान महासंघको अगुवाइमा गरिएको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । किसानहरूले दूधको मूल्य भुक्तानीका लागि पटक–पटक ध्यानाकर्षण गराए पनि सम्बोधन नभएपछि आन्दोलनमा उत्रिन बाध्य...










