समाचार

सुडानको डार्फरमा विनाशकारी पहिरो, करिब १,००० को मृत्यु

सुडानको पश्चिमी डार्फर क्षेत्रमा गएको विनाशकारी पहिरोले पूरै गाउँ ध्वस्त पारेको छ । सुडान लिबरेसन मुभमेन्ट/सेनाले सोमबार ढिलो जारी गरेको विज्ञप्ति अनुसार डार्फरको मारा पहाड क्षेत्रमा आइतबार भारी वर्षापछि गएको पहिरोमा करिब १,००० मानिसको ज्यान गएको अनुमान गरिएको छ । विद्रोही समूहका अनुसार गाउँ पूर्ण रूपमा जमिनमै समतल बनेको...

दिन दिनै सुनको मूल्यमा बन्दैछ नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि दिन यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो । आज सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख पाँच हजार ९०० रुपैयाँमा...

रुपन्देही–३ उपनिर्वाचन : रास्वपा उम्मेदवार डा. लेखजङ थापाले दीए पारिवारिक जीवनबारे स्पष्टिकरण

रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजङ थापाले पहिलो विवाहबारे उठेका प्रश्नलाई सम्बोधन गर्दै आधिकारिक रूपमा स्पष्टिकरण दिएका छन्। उनले पहिलो पत्नीसँग सम्बन्धविच्छेद भइसकेको कागजात सार्वजनिक गर्दै आफ्नो पारिवारिक जीवन कानुनी र पारदर्शी रहेको बताएका छन्। थापाले सामाजिक सञ्जालमार्फत लामो...

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनवीच भेटवार्ता

काठमाडौं । एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो । वार्तामा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सम्बन्धबारे चर्चा गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सन् १९५६...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बैंक अनुसार अमेरिकी डलर स्थिर छ । अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । आज युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ ४७ पैसा...

एससिओ शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले मुलुकको हितसँग सम्बन्धित विषय, द्विपक्षीय सम्बन्ध र अन्तरराष्ट्रिय मुद्दाबारे धारणा राखेका छन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणका...

अफगानिस्तानको भूकम्पमा ८ सय भन्दा बढीको मृत्यु, २ हजार ५ सय घाइते

आइतबार राति पूर्वी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ८०० जनाको मृत्यु भएको छ भने २,५०० भन्दा बढी घाइते भएका छन्। तालिबान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले पुष्टि गरेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण  का अनुसार भूकम्प राति ११:४७ बजे नान्गाहार प्रान्तको जलालाबाद सहरबाट २७ किलोमिटर पूर्व–उत्तरपूर्वमा केन्द्रित थियो।...

पुँजी बजारमा सुधारः कारोबार भने खुम्चियो

काठमाडौँ । दुई दिन राताम्य भएको शेयर बजारमा आज सुधार देखिएको छ । तर बजार सुधार कति दिर्घकालिन रहने भन्नेमा शंका कायम छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला लगानीकर्ताहरूले ३२०० बिन्दु पुग्ने अपेक्षामा शेयर खरिद अभियान चलाएका थिए । तर अहिले ती लगानीकर्ताहरूको ठूलो रकम...

निजी विद्यालय सञ्चालकद्वारा विधेयक विरोधमा स्कुल बस र्‍याली

काठमाडौँ – निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै आज काठमाडौँ चक्रपथमा स्कुल बस र्‍याली प्रदर्शन गरेका छन्। प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा आयोजना गरेको यस र्‍यालीमा निजी विद्यालय सञ्चालकहरूले विधेयकको संशोधनको विरोध प्रकट गरेका...

एससीओ शिखर सम्मेलन मोदी–जिनपिङ–पुटिन एकै मञ्चमा

काठमाडौं । शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको अवसरमा चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकै मञ्चमा देखिएका छन् । उनीहरूको सामूहिक उपस्थितिलाई क्षेत्रीय शक्ति सन्तुलन र त्रिपक्षीय सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ । समिटको फोटो सत्रमा तीनै नेताहरूको उपस्थिति अन्तर्राष्ट्रिय...