समाचार

दशैंका लागि भदौ २९ देखि सुकिला नोट सटही हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं पर्वलाई लक्षित गर्दै सुकिला नोट सटही (वितरण) गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकका अनुसार भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ। यस अवधिमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, साथै प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज...

सुनको मूल्य हालसम्मकै उच्च,प्रतीतोला २ लाख ३ हजार ६०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ । चाँदी आज तोलामा तीन हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो । यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला दुई...

रुपन्देही-३ उपनिर्वाचन : रास्वपाले आज उम्मेदवार घोषणा गर्दै

रुपन्देही क्षेत्र नं. ३ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज उम्मेदवार घोषणा गर्ने भएको छ। दिउँसो साढे १ बजे बस्ने सचिवालय बैठकपछि उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी भएको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। रुपन्देही-३ मा उम्मेदवार बन्न नौ जना आकांक्षी रहेका...

इजरायली हवाई आक्रमणमा हुथी प्रधानमन्त्री मारिएको पूष्टी

यमनको हुथी समूहले राजधानी सानामा भएको इजरायली हवाई आक्रमणमा आफ्ना प्रधानमन्त्री मुजाहिद अहमद गलेब अल–राहावी मारिएको पुष्टि गरेको छ। बिहीबार भएको उक्त आक्रमणमा उनीसँगै कयौं मन्त्रीहरू पनि मारिएको समूहले विज्ञप्ति मार्फत जनाएको छ। अलजजीरा समाचारका अनुसार हुथी नेतृत्वको सरकारका अन्य सदस्यहरूसँगै एक कार्यशालाको क्रममा अल–राहावीलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९४ पैसा,...

लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमतिमा नेपालको आपत्ति

काठमाडौं । चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन मिलेर नेपाली भूमी प्रयोग गरी व्यापारिक मार्ग बनाउने सहमति गरेकोप्रति चीन समक्ष आपत्ति जनाएका छन् । आज शनिबार थियानजिन अतिथि गृहमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो सहमतिमा आपत्ति जनाएका परराष्ट्र...

मिस नेपाल २०२५ को ताज लुना लुइँटेललाइ

काठमाडौं ।ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्राण्ड फिनालेमा लुना लुइँटेलले अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल २०२५ को उपाधि जितेकी छन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा उनले ‘मिस नेपाल वर्ल्ड’ को ताज पहिरिन सफल भएकी हुन्। उपाधि विजेता लुइँटेललाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज...

लिपुलेक विषय उठाउन मेयर शाहको प्रधानमन्त्री ओलीलाई आग्रह

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको भ्रमणमा लिपुलेकबारे कुरा उठाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओली आज बिहान चीन प्रस्थान गरेपछि सामाजिक सञ्जालमा मेयर शाहले भ्रमणका क्रममा लिपुलेक नेपालको हो भन्ने विषय चीनलाई सम्झाउन आग्रह गर्नुभएको हो । ‘नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने...

वीरगन्जमा भण्डारीलाई भव्य स्वागत, एमाले राजनीतिमा तीव्र सक्रियता

शनिबार बिहान ९ बजे वीरगन्ज पुगेकी पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई नेकपा एमालेका नेता–कार्यकर्ताले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका छन्। भण्डारी काठमाडौँबाट बाराको सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेकी थिइन्। सिमरामा समेत एमाले नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए। त्यसपछि वीरगन्ज पुग्दा स्थानीय महिला र कार्यकर्ताहरू लामबद्ध भएर उनको...

ट्रम्पको आर्थिक आपतकालीन अधिकार प्रयोगमा अदालतको रोक

अमेरिकी संघीय पुनरावेदन अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन प्रयोग गरी लगाइएका धेरै आयात ट्यारिफहरूलाई असंवैधानिक ठहर गरेको छ। अदालतले ट्यारिफ लगाउने अधिकार अमेरिकी संविधानअनुसार केवल कङ्ग्रेसलाई हुने भन्दै ट्रम्पको कदमलाई “शक्तिको अतिक्रमण” को संज्ञा दियो। फेडरल सर्किटको पूर्ण इजलासले ७–४ मतले गरेको निर्णयमा भनिएको...