समाचार

आन्तरिक उडान–अवतरण बन्द

काठमाडौं । मौसम खराब भएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान–अवतरण बन्द गरिएको छ । उडान हुन नसकेकाले आन्तरिक टर्मिनलमा यात्रुहरुको भिड लागेको छ । कतिपय वायु सेवा कम्पनीहरुले यात्रुहरुले काटेको टिकट क्यान्सिल गराइरहेका छन् । कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म पानी परिरहेको छ । पानीको मात्रा...

लामो दूरीका यातायात तीन दिनका लागि बन्द, यात्रुलाई सुरक्षित घरमै बस्न आग्रह

काठमाडौँ । लगातार वर्षासँगै उत्पन्न हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरण गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको छ । प्राधिकरणले शनिबार बिहान जारी गरेको अत्यन्त जरुरी सूचनामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने...

चितवनको मुग्लिन क्षेत्रमा पहिरोको जोखिम, राजमार्गमा सवारी आवागमन बन्द

काठमाडौं। निरन्तर भइरहेको वर्षाका कारण चितवनको मुग्लिनस्थित तुइन खोलालगायतका क्षेत्रमा ढुंगा खस्ने घटना दोहोरिन थालेपछि आज बिहानदेखि पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ६:०० बजेदेखि यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै सवारी सञ्चालन रोकिएको हो। तुइन खोलामा आएको पहिरो र निरन्तर ढुंगा...

गाजा युद्ध अन्त्यतर्फ: हमास–इजरायल वार्ताको सुरुआत

काठमाडौं । महिनौँदेखि जारी गाजा युद्ध अन्त्य गर्ने प्रयासबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत शान्ति योजनाले नयाँ मोड लिएको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयले शनिबार बिहान विज्ञप्ति जारी गर्दै हमासको प्रतिक्रियापछि योजनाको पहिलो चरण “तुरुन्तै कार्यान्वयन” गर्न तयारी गरिएको जनाएको हो। यसअघि हमासले बन्धकहरूको रिहाइबारे “तुरुन्त वार्ता” गर्न तयार रहेको...

बङ्गालको खाडीबाट आएको मनसुनी वायूको प्रभाव, देशभर नीरन्तर वर्षा

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले अहिले देशभर वर्षा भइरहेको छ । भारतको बिहार र उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेका बादलको बाहिरी घेराले देशका धेरै भूभाग प्रभावित बनेका हुन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । विशेषगरी कोसी, मधेस, बागमती,...

गृहमन्त्री अर्यालद्वारा विपद् जोखिम न्यूनीकरणमा तयारी अवस्थामा रहन निर्देशन

काठमाडाै। गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि सुरक्षा निकायलाई सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शुक्रबार नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमणका क्रममा मन्त्री अर्यालले सम्भावित विपद्का कारण हुन सक्ने जनधनको क्षति नियन्त्रण र न्यूनीकरणका लागि उच्च मनोबलसहित कर्तव्यनिष्ठ भई जुनसुकै...

पृथ्वी राजमार्गमा पहिरोको जोखिम, अनावश्यक यात्रा नगर्न आग्रह

काठमाडौं । चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालयले संयुक्त विज्ञप्ति जारी गर्दै यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुंगा सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो खस्दा सवारी आवागमनमा समस्या देखिएको भन्दै प्रशासनले यात्रामा अनावश्यक जोखिम नलिन अनुरोध गरेको हो। जल तथा...

चार दिनसम्म भारी वर्षा सम्भावना, अनावश्यक यात्रा नगर्न आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभरको मौसम साधारणतया बदली रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भूभाग र मधेसलगायत देशका बाँकी प्रदेशका...

दसैँ टीकाको उत्तम साइत बिहान ११:५३ मा

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैंको मुख्य दिन आज देशभर मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार देवी विसर्जनको साइत भने बिहान ९ बजेर...

देशभर भारी वर्षाको सम्भावना, प्राधिकरणद्वारा उच्च सावधानीको आग्रह

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा आगामी दिनमा हुने तीव्र वर्षाका कारण विपद् जोखिम बढ्न सक्ने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी १७ देखि २० असोजसम्म देशका धेरैजसो स्थानमा भारी वर्षा हुने सम्भावना छ। यस...