समाचार

बीमा प्राधिकरण अध्यक्षका लागि १४ जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि यसपटक १४ जनाले आवेदन दिएका छन् । सरकारले गठन गरेको अध्यक्ष छनोट समितिले गत भदौ १३ गते ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्म १४ जनाले आवेदन दिएका हुन् । अर्थमन्त्रालयका अनुसार अध्यक्ष पदका लागि आवेदन दिनेहरुमा प्रा.डा. दिपक बहादुर...

आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं । भदौ २२ गते अर्थात आज आइतबार २२औँ निजामति सेवा दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक विक्रम संवत् २०१२ भदौ २२ गते जारी भएको स्मरणमा २०६१ सालदेखि प्रत्येक वर्ष यो दिवस मनाउने परम्परा सुरु भएको हो । मुलुकको स्थायी सरकारका रूपमा रहेका करिब ८५...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा,...

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित सडकमा पहेलो पुलबाट जम्बुडाँडा तर्फ जाँदै गरेको बा.५ ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौं चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरा देवी दानीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जोरपाटीस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु...

लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । नेपाली प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना मानिसहरुलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले दिएको जानकारी अनुसार, दाङ, धादिङ, कास्की, सिराहा, तनहुँ, कैलाली र कपिलबस्तुबाट विभिन्न व्यक्तिहरुलाई लागु औषधसहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-११ डोक्रेनाबाट लागूऔषध ब्राउनसुगर जस्तो...

वाणिज्य विभागद्वारा २४ वटा उद्योग र फर्महरूमा छापा

काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भदौ २० गते शुक्रबारका दिन काठमाडौं महानगरपालिकाभित्र सञ्चालन भइरहेका २४ वटा विभिन्न उद्योग र फर्महरूमा छापा हानेको छ । विभागले  अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारवाही गरेको हो ।...

एमाले विधान महाधिवेशन :ओलीले रोकेपछि कर्ण थापाको फरक मत पेस हुन पाएन

काठमाडौँ ।नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गर्न लागेको फरक मत अध्यक्ष केपी शर्मा ओलीले रोकिदिएका छन्। महाधिवेशनमा थापाको फरक मत पेस गर्ने कार्यसूचीमै राखिएको भए पनि अन्ततः अवसर दिइएन। थापाले महाधिवेशन हलमै आफ्नो मत राख्न खोज्दा अध्यक्ष ओलीले समूहगत छलफलमा लैजान निर्देशन दिएका...

राष्ट्रपति ट्रम्पले पेन्टागनलाई युद्ध विभाग को रूपमा पुनः ब्रान्ड गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पेन्टागनलाई “युद्ध विभाग” को रूपमा पुनः ब्रान्ड गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान विश्व परिस्थितिलाई ध्यानमा राख्दा यो नाम “उचित” हुने बताएका छन्। “हामीसँग संसारकै सबैभन्दा बलियो सेना छ। अहिलेको अवस्थाले यो नामलाई अझ उपयुक्त बनाउँछ,” ट्रम्पले...

काठमाडौं उपत्यकामा धूमधामका साथ इन्द्रजात्रा मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा औपचारिक रूपमा सुरु भएको हो । यो पर्व विशेष गरी काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा,...