समाचार
देशभरका विभिन्न राजमार्ग अवरुद्ध, केही स्थानमा एकतर्फी सुचारु
काठमाडौं । नेपाल प्रहरीका अनुसार आज पनि देशभर अविरल वर्षा र बाढी–पहिरोका कारण विभिन्न राजमार्गहरू अवरुद्ध रहेका छन्। कोशी राजमार्ग संखुवासभाको एकुवा र बरुणखोलामा अवरुद्ध रहेको छ भने बीपी राजमार्ग सिन्धुलीको नेपालथोक र काभ्रेका विभिन्न स्थानहरूमा पहिरो खसेका कारण यातायात ठप्प भएको छ। मध्य पहाडी लोकमार्ग र कोशी लोकमार्ग...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक सिंगापुरे डलरको खरीददर ९३.३८ रुपैयाँ र बिक्रीदर ९३.७७ रुपैयाँ तोकिएको छ भने एक साउदी अरेबियन रियाललको खरीददर ३७.७९ रुपैयाँ र बिक्रीदर ३७.९५ रुपैयाँ तोकिएको छ। त्यस्तै १०० दक्षिण...
जाँचबुझ आयोगको स्पष्टीकरण – फौजदारी कसुरमा कारबाहीका लागि प्रतिवेदन कुर्न नपर्ने
काठमाडौं । भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिका घटनाबारे गठित जाँचबुझ आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै फौजदारी कसुरमा संलग्न व्यक्तिहरूमाथि कारबाहीका लागि आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल...
दक्षिण एसियाको आर्थिक वृद्धि सुस्त, नेपालको अवस्था झन् कमजोर
काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२–८३ का लागि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ। यसअघि ५.२ प्रतिशत हुने अनुमान गरिएको वृद्धिदर अब घटेर २.१ प्रतिशतमा झरेको विश्व बैंकले जनाएको छ। त्यस्तै, आगामी आर्थिक वर्ष २०८३–८४ को वृद्धि दर पनि ५.५ प्रतिशतबाट घटाएर ४.७ प्रतिशत प्रक्षेपण गरिएको छ।...
विपद् परिषद्को निर्णय: बाढीपहिरो पीडितका लागि तत्काल बसोबासको व्यवस्था
काठमाडौं । हालै असोज १७ देखि १९ गतेसम्म परेको भीषण बाढीपहिरोबाट घरबास गुमाएका परिवारहरूका लागि सरकारले तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढीपहिरो पीडितलाई अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको हो...
नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, १५ अर्ब रुपैयाँ आम्दानी
काठमाडौं । नेपालले हाल दैनिक औसतमा एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार देशभित्र आवश्यक खपत पूरा गरेपछि बाँकी विद्युत् भारत र बंगलादेशमा बिक्री भइरहेको हो। चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको...
अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै जेन–जी युवाहरूको प्रदर्शन
काठमाडौं । जेन–जी आन्दोलनका युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै आज टंगालस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन्। आज बिहान भएको प्रदर्शनमा सहभागी युवाहरूले “भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर”, “अख्तियारलाई राजनीतिक स्वार्थको उपकरण नबनाऊ” जस्ता नारासहित आयोगको निष्पक्षता र विश्वसनीयता प्रश्नमा...
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको मूल्य २ लाख ३५ हजार नाघ्यो
काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन पनि तोलामा २५ सयले बढेर रेकर्ड बनाएको सुनको मूल्यले आज फेरी २३ सयले बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन...
ट्रम्प प्रशासन र डेमोक्र्याट राज्यबीच कानुनी द्वन्द्व संघीय सेना तैनातीको विवाद
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेतृत्वका सहरहरूमा नेशनल गार्ड सेनाहरू तैनाथ गर्ने निर्णय गरेपछि संघीय र राज्य सरकारबीच कानुनी तथा राजनीतिक द्वन्द्व तीव्र बनेको छ। ट्रम्प प्रशासनको उक्त कदमलाई “गैरकानूनी, खतरनाक र असंवैधानिक” भन्दै इलिनोइस राज्य र शिकागो सहरले सोमबार संघीय अदालतमा मुद्दा दायर गरेका छन्। इलिनोइसले अदालतलाई आफ्नो...
पश्चिमी वायुको प्रभावले देशका पश्चिम भू–भागमा वर्षा
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव देखिएको हो । विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्यतया...










