समाचार
जेनजी प्रदर्शन :आन्दोलनमा ९ जनाको मृत्यु, सयौं घाइते
काठमाडौं । देशको राजधानी काठमाडौंको नयाँ बानेश्वरमा भएको जेन जी पुस्ताको आन्दोलन हिंसात्मक बन्दै जाँदा कम्तीमा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने सयौं घाइते भएका छन् । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र व्याप्त भ्रष्टाचारको विरोधमा सुरु गरिएको जेन जीको आन्दोलन आज दिउँसो १२ बजेदेखि उग्र बनेपछि...
पोखरामा अनिश्चितकालीन कर्फ्यु, मुख्यमन्त्री कार्यालयमा तोडफोड
जेन–जी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि कर्फ्यु आदेश जारी गरिएको छ । प्रदर्शन अनियन्त्रित बनेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको हो । प्रशासनले पोखरा महानगरपालिकाको शहिदचोकको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैंक चोकसम्म कर्फ्यु क्षेत्र तोकेको जनाएको...
राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । केहीलाई गोली लागेको छ । अहिलेसम्म कतिलाई गोली...
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक आन्दोलन, २ जनाको मृत्यु
काठमाडौँ । राजधानी काठमाडौँको नयाँ बानेश्वरमा जेनजी पुस्ताले गरेको आन्दोलन प्रहरी दमनपछि हिंसात्मक बनेको छ । प्रदर्शनमा प्रहरीले गोली चलाउँदा घाइते भएका थप एक २० वर्षीय युवाको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको छ । घाइतेहरूको संख्या पनि बढ्दै गएको छ । अहिलेसम्म करिब एक सयभन्दा बढी घाइतेहरूको विभिन्न...
जेनजी प्रदर्शन : एक जनाको मृत्यु, करिब ७० बढी घाइते
काठमाडौँ । राजधानी काठमाडौंमा जेनजी पुस्ताले गरेको प्रदर्शन क्रममा एक जनाको मृत्यु भएको छ भने करिब ७० जना बढी घाइते भएका छन् । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारी...
काठमाडौंमा कर्फ्यु क्षेत्र थप, आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको कर्फ्यु क्षेत्र थप गरेको छ। आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी नयाँ आदेश जारी गरिएको हो। नयाँ आदेशअनुसार राष्ट्रपति कार्यालय शितल निवास, उपराष्ट्रपति कार्यालय हरित गृह, नारायणहिटी दरबार सङ्ग्रहालय र सिंहदरबार क्षेत्र कर्फ्यु क्षेत्रभित्र परेको छ। प्रशासनका अनुसार...
बानेश्वरमा कर्फ्यूपछि सेना परिचालन
काठमाडौं । जेनजी युवाहरूको आन्दोलन उग्र बनेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरी सेना समेत परिचालन गरिएको छ। सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशभर व्याप्त भ्रष्टाचार, बेथिति र नेतासन्तानहरूको विलासी जीवनशैलीविरुद्ध सोमबारदेखि सुरु भएको जेनजीको प्रदर्शन क्रमशः उग्र बन्दै गएको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवनभित्र...
नयाँ बानेश्वरमा प्रहरीको गोली प्रहार
काठमाडौं । नयाँ बानेश्वरमा भ्रष्टाचारविरुद्ध उत्रिएका जेन–जी पुस्ताका युवाहरू र प्रहरीले बीच भिडन्त चर्किएपछि प्रहरीले रबरको गोली प्रहार गरेको छ । प्रदर्शन उग्र बनेपछि प्रशासनले तत्काल कर्फ्यू आदेश जारी गरेको छ । संसद भवनको दुई नम्बर गेट भत्काउँदै प्रदर्शनकारी भित्र छिरेपछि अवस्था नियन्त्रण बाहिर जान थालेको थियो । भिड...
काठमाडौंमा कर्फ्यू आदेश जारी, दिउँसो १२:३० देखि राति १० बजेसम्म लागू
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर आसपासका क्षेत्रलाई केन्द्र बनाएर कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम आइतबार अपरान्ह १२:३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश लागू हुने जनाएको हो । कर्फ्यू आदेश बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेस्ट...
नयाँ बानेश्वर प्रवेश गरेका जेन–जी युवाहरू, भ्रष्टाचारविरुद्ध सडकमा आक्रोश
काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रिएका जेन–जी युवाहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन्। माइतीघरबाट सुरु भएको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँ बानेश्वरसम्म पुगेको हो। हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सडकमा उत्रिएका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. आरजु...





