समाचार
प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले केहीबेरपछि सम्बोधन गर्ने भएका छन् । जेन जी आन्दोलनका कारण पछिल्लो घटनाक्रमबारे प्रधानसेनापति सिग्देलले सम्बोधन गर्ने बताइएको छ । केही समय अघि नेपाली सेनाले विज्ञप्ती निकालेर संयमित हुन सबैलाई आग्रह गरिसकेको छ । विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र...
राजनीतिक संवादबाट छिटो समाधान निकाल्न संयुक्त अपिल
काठमाडौँ । सुरक्षासंस्था र प्रशासनका उच्च अधिकारीहरूले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न सबैलाई आग्रह गरेका छन्। मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त विज्ञप्ति जारी गर्दै देशमा...
राष्ट्रपति भवनमा जेनजी आन्दोलनकारीद्वारा आगजनी
काठमाडौँ । जेनजी आन्दोलन उग्र बन्दै गएपछि आन्दोलनकारीहरूले राष्ट्रपति भवन शीतलनिवासमा समेत आगजनी गरेका छन् । सुरक्षा स्रोतका अनुसार केहीबेरअघि शीतलनिवासमा आगजनी भएको पुष्टि भए पनि विस्तृत विवरण आउन बाँकी छ। यसअघि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी संरचनामा आन्दोलनकारीहरूले आगजनी गरेका थिए। त्यस्तै विभिन्न...
बालेनको आग्रह – तोडफोड रोकौँ, सेनासँग वार्ता गरौँ
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उग्र आन्दोलनमा रहेका जेनजी पुस्ताका युवालाई नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् । बालेनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै अब जेन–जी पुस्ताले देशको नेतृत्व गर्ने समय आएको उल्लेख गर्दै तोडफोड र हिंसा रोक्न, सार्वजनिक सम्पत्ति जोगाउन...
कांग्रेस सभापति देउवा र आरजु राणा घाइते
काठमाडौँ । राजधानीमा जारी जेन जी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा घाइते भएका छन्। प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न स्थानमा आगजनी र तोडफोड गर्दा देउवा र राणालाई चोट लागेको हो। घाइते दुबै जनालाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। यस घटनाले राजधानीमा थप...
प्रधानमन्त्री ओलीको राजीनामा, मन्त्रालय र कार्यालयहरुमा आगलागी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । देशव्यापी प्रदर्शन भड्किएपछि प्रधानमन्त्री ओलीले केहीबेर अघि पदबाट राजस्नामा दिएका हुन् । असामान्य परिस्थितिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीले राजीनामा दिएको जानकारी दिएका छन् । यस अघि प्रदर्शनीहरु सिंहदरबार, संसद् भवनभित्र प्रवेश गरेका थिए । प्रदर्शनकारीहरूको आक्रोशति भीडले संसद् भवनमा...
बाग्मती प्रदेशसभाको भवनमा आगजनी
हेटौडामा रहेको बाग्मती प्रदेशसभा को नवनीर्मीत भवनमा प्रदर्सनकारीहरुले आगजनी गरेका छन ।अहीले आगलागी भइरहेको छ। यसैगरी नेपाली काङग्रेस ,नेकपा एमाले र माओबादी केन्द्र तथा मुख्य मन्त्री इन्द्रबहादुर बानिया हेटौडा उपमहानगर पालीकाको मेयर मिना कुमारी लामा लगयतका घर तथा अख्तीयार अनुसन्धान दुरुपयोग आयोग को कार्यालयमा समेत प्रदर्सनकारीहरुले आगो लगाएका छन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा बन्द, सबै उडान प्रभावित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) पूर्ण रूपमा बन्द गरिएको छ। आकाशमा रहेका जहाजहरूलाई सुरक्षित अवतरण गराएपछि बाँकी सबै उडान रद्द गर्दै विमानस्थल अस्थायी रूपमा बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेका कारण हवाई सुरक्षा प्रतिकूल बनेको भन्दै विमानस्थल बन्द गरिएको हो।...
प्रधानमन्त्री ओलीको बालकोटस्थित निजी निवासमा आगजनी
काठमाडौँ । जेन जी आन्दोलन चर्कँदै जाँदा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, बालकोटस्थित निजी निवासमा मंगलबार प्रदर्शनकारीले आगजनी गरेका छन्। सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरू राजधानीका विभिन्न स्थानबाट ओली निवासतर्फ अघि बढेका थिए। आन्दोलनकारीहरूले नाराबाजी गर्दै निवास परिसरमा आगो लगाएका हुन्। घटनाको क्रममा...
खानेपानीमन्त्री प्रदीप यादवद्वारा राजीनामा
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन्। जेन–जीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएको उनको स्वकीय सचिवालयले जनाएको छ । हिजो जेन–जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको...









