समाचार
मिस नेपाल २०२५ को ताज लुना लुइँटेललाइ
काठमाडौं ।ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्राण्ड फिनालेमा लुना लुइँटेलले अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल २०२५ को उपाधि जितेकी छन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा उनले ‘मिस नेपाल वर्ल्ड’ को ताज पहिरिन सफल भएकी हुन्। उपाधि विजेता लुइँटेललाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज...
लिपुलेक विषय उठाउन मेयर शाहको प्रधानमन्त्री ओलीलाई आग्रह
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको भ्रमणमा लिपुलेकबारे कुरा उठाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओली आज बिहान चीन प्रस्थान गरेपछि सामाजिक सञ्जालमा मेयर शाहले भ्रमणका क्रममा लिपुलेक नेपालको हो भन्ने विषय चीनलाई सम्झाउन आग्रह गर्नुभएको हो । ‘नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने...
वीरगन्जमा भण्डारीलाई भव्य स्वागत, एमाले राजनीतिमा तीव्र सक्रियता
शनिबार बिहान ९ बजे वीरगन्ज पुगेकी पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई नेकपा एमालेका नेता–कार्यकर्ताले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका छन्। भण्डारी काठमाडौँबाट बाराको सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेकी थिइन्। सिमरामा समेत एमाले नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए। त्यसपछि वीरगन्ज पुग्दा स्थानीय महिला र कार्यकर्ताहरू लामबद्ध भएर उनको...
ट्रम्पको आर्थिक आपतकालीन अधिकार प्रयोगमा अदालतको रोक
अमेरिकी संघीय पुनरावेदन अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन प्रयोग गरी लगाइएका धेरै आयात ट्यारिफहरूलाई असंवैधानिक ठहर गरेको छ। अदालतले ट्यारिफ लगाउने अधिकार अमेरिकी संविधानअनुसार केवल कङ्ग्रेसलाई हुने भन्दै ट्रम्पको कदमलाई “शक्तिको अतिक्रमण” को संज्ञा दियो। फेडरल सर्किटको पूर्ण इजलासले ७–४ मतले गरेको निर्णयमा भनिएको...
प्रधानमन्त्री ओली एससीओ शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने आधिकारिक भ्रमणका लागि आज बिहान चीन प्रस्थान गरेका छन् । बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका ओलीलाई उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवासहितका मन्त्रीहरूले बिदाइ गरेका थिए। चिनियाँ राष्ट्रपति सी चिनफिङको...
घरजग्गा कारोबार गर्न अनिवार्य लाइसेन्स
काठमाडौं । अब घरजग्गा खरिद–बिक्री व्यवसाय गर्न इच्छुकले अनिवार्य रूपमा सरकारी अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । लामो समयदेखि तयारीमा रहेको प्रावधान सात वर्षपछि नियमावली संशोधनमार्फत कार्यान्वयनमा ल्याइएको हो । सरकारले भूमि सम्बन्धी नियमावलीको आठौं संशोधनमार्फत अनुमति बिना घरजग्गा कारोबार गर्न नपाइने व्यवस्था गरेको हो । अनुमति बिना कारोबार...
रास्वपा नेता पाँडेविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। पाँडेविरुद्ध एक महिलाले ईमेल र ह्वाट्सएपमार्फत अश्लील म्यासेज पठाई गालीगलौज गरेको,...
चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२औं महानिरीक्षक नियुक्त
काठमाडौं । नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । हालका आईजीपी दिपक थापा भदौ १८ गते राति १२ बजेदेखि अवकाश...
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलामा २ लाख नाघ्यो
काठमाडौँ ।नेपाली बजारमा आज सुनको मूल्यले इतिहासिक रेकर्ड बनाएको छ । सुन आज तोलामा एक हजार २०० रुपैयाँले बढेर तोलामा दुई लाख माथि पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा...
पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था अन्त्य : मन्त्री न्यौपाने
काठमाण्डौ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गर्नुभएको छ। सुशासन कायम गर्न कर्मचारी प्रशासनलाई मुख्य औजारका रूपमा लिने बताउँदै उहाँले यसलाई निरन्तर सुधार र परिमार्जन गर्ने कार्यमा आफू जुटिरहेको उल्लेख गर्नुभयो। मन्त्री पद सम्हाल्ने बेलामा सबै पालिकामा...










