समाचार

अन्तरिम नेतृत्वका लागि सुशीला कार्कीको नाममा सहमति

काठमाडौँ । करिब चार घण्टासम्म चलेको जेन–जी समूहको भर्चुअल (जुम) बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेतृत्वमा स्वीकार्ने तयारी गरेको छ। बैठकमा सहभागी अभियन्ताहरूले प्रधानसेनापतिसँग हुने वार्तामा कुनै राजनीतिक गन्ध आउन नहुने अडान राख्दै राजनीतिक दलसँग प्रत्यक्ष आबद्ध व्यक्ति वा विवादित नेतृत्वलाई अस्वीकार गर्ने निष्कर्ष निकालेका छन्। यस क्रममा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । अनिश्चितकालका लागि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। बुधबार बसेको विमानस्थल सुरक्षा समितिको बैठकले सर्वसम्मत निर्णय गर्दै विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको हो। समितिका अनुसार परिस्थिती सामान्य बन्दै गएपछि यस्तो निर्णय गरिएको हो। निर्णयसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान क्रमशः नियमित तालिकाअनुसार सञ्चालनमा आउने जनाइएको...

सुनधारा कारागारबाट टोपबहादुर रायमाझीसहित हजारौँ कैदी फरार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी समेत सुनधारास्थित कारागारबाट भागेका छन्। उनीसँगै पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि फरार भएको स्रोतले जनाएको छ। भद्र बन्दीगृहमा रहेका रायमाझी भागेको पुष्टि भएको छ। उनीहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा खेप्दै कारागारमा थिए। स्रोतका...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्म विमानस्थल सञ्चालनमा नहुने जनाएको छ। सूचनामा उपत्यकामा जारी निषेधाज्ञा, कफ्र्यू आदेश र उपत्यकाभित्रको विषम परिस्थितिले विमानस्थल वरिपरि उडान मार्गमा धुँवा देखिनु जस्ता कारणले विमानको सुरक्षामा गम्भीर असर पर्न...

सरकारी डिजिटल डाटा सुरक्षित रहेको दावी

काठमाडौं । सिंहदरबारभित्र रहेका विभिन्न सरकारी निकायका डिजिटल तथ्यांक (डाटा) सुरक्षित रहेको पाइएको छ । केही निकायले आफ्नै डाटा सेन्टर सञ्चालन गरे पनि एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) अन्तर्गत हेटौँडामा रहेको डिजास्टर रिकभरी (डीआर) कार्यालयमार्फत प्रायः सबै सरकारी डाटाको ब्याकअप सुरक्षित भएको छ । आईडीएमसीका कार्यालय प्रमुख मनिष भट्टराईका...

त्रिभुवन विमानस्थल साँझ ६ बजेसम्म बन्द, आपतकालीन उडान मात्र सञ्चालन

काठमाडौं । राजधानीमा बाक्लो धुँवा फैलिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ बजेसम्म बन्द हुने भएको छ। मंगलबार अपराह्नदेखि बन्द गरिएको विमानस्थलमा धुँवा हट्ने अवस्था नभएकाले अझै नखुल्ने निर्णय गरिएको हो। अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान रोकिएका छन्। तर आपतकालीन तथा चिकित्सकीय उडान भने सञ्चालन हुने व्यवस्था गरिएको...

नेपाली सेनाद्वारा देशभर कर्फ्यू आदेश जारी

काठमाडौं । नेपाली सेनाले देशभर कर्फर्यु आदेश जारी गरेको छ । देशभरको शान्ति सुरक्षालाई मध्यनजर गर्दै यस्तो आदेश जारी गर्नुपरेको नेपाली सेनाले जानकारी दिएको छ । आज साँझ ५ बजेसम्म कर्फर्यु कायम रहने छ । विभिन्न अराजक समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिरहेको र...

आज र भोलि शेयर कारोबार नगर्ने नेप्सेको निर्णय

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) भदौ २५ र २६ गते बन्द रहने भएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले एक सार्वजनिक सूचना जारी गर्दै देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै आज र भोलि कुनै पनि शेयर कारोबार सम्बन्धि कार्य नहुने बताएका छन् ।  

देशभर नेपाली सेना परिचालन, शान्ति सुरक्षा कायम गर्न अपिल

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै हालैका अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनीहरूले शान्ति पुनःस्थापना, अपराध नियन्त्रण र कानूनी शासन कायम गर्न सबै नागरिकलाई सहयोग गर्न अपिल गरेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनका क्रममा भएको जनधनको...

वार्तामा आउन प्रधानसेनापति सिग्देलको आह्वान

काठमाडौं । आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापति अशोकराज सिग्देलले आह्वान गरेका छन् । आन्दोलनरत पक्षलाई शान्तिपुर्ण निकासका लागि वार्तामा आउन उनले आग्रह गरेका हुन् । राष्ट्रको सर्वोपरी हितको रक्षा गर्नु सबैको दायित्व भएको स्मरण गराउँदै प्रधानसेनापति सिग्देलले आन्दोलनका सबै कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गरेका हुन् । आन्दोलनमा...