समाचार

रास्वपाका सबै सांसदको सामूहिक राजीनामाको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। पार्टी कार्यालय बनस्थलीमा बसेको आकस्मिक संसदीय दलको बैठकले आजै संसदमा दिएको प्रतिनिधित्व त्याग गर्ने निर्णय गरेको हो। जेन–जी आन्दोलन चर्किएपछि रास्वपा यो निष्कर्षमा पुगेको हो। पार्टी सभापति रवि लामिछानेले सोमबार नक्खु कारागारबाटै अपिल जारी गर्दै...

जेनजी आन्दोलन आक्रामक : शीर्ष नेतादेखि दलका कार्यालयसम्म तोडफोड र आगजनी

काठमाडौं । जेनजी आन्दोलन मंगलबार अझै आक्रामक बनेको छ । सोमबार १९ जनाको ज्यान गएपछि आक्रोशित युवाहरू मंगलबार बिहानैदेखि विभिन्न शीर्ष नेताहरूको निवासदेखि दलका केन्द्रीय कार्यालयसम्म तोडफोड र आगजनीमा उत्रिएका छन् । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले सुरुमा ढुंगामुढा गरी त्यसपछि आगजनी गरेका...

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला दुई हजार...

प्रचण्ड र अन्य नेताको निवासमा आगजनी

काठमाडौं । देशभर चर्किएको जेनजी आन्दोलन अन्तर्गत मंगलबार शीर्ष नेताहरूका निवास र कार्यालयलाई लक्षित गर्दै प्रदर्शन तीव्र बनेको छ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि आगजनी गरेका छन् । मंगलबार बिहानै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर, सुनाकोठीस्थित घरमा पनि आन्दोलनकारीले आगजनी...

कृषि मन्त्री रामनाथ अधिकारीको राजीनामा

काठमाडौं । जेनजी आन्दोलनमाथि भएको सरकारी दमनप्रति असहमति जनाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका अधिकारीले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै २०८२ भाद्र २३ गते भएको प्रदर्शनमा युवापुस्तामाथि भएको दमनलाई “अलोकतान्त्रिक कदम” भन्दै पद त्यागेको घोषणा गरेका हुन्...

कर्फ्यु तोड्दै जेनजी युवा सडकमा, संसद भवन अगाडि हजारौंको भेला

काठमाडौं । सरकारले लगाएको अनिश्चितकालीन कर्फ्यु आदेश अवज्ञा गर्दै जेनजी पुस्ताका युवाहरु आज बिहानैदेखि काठमाडौंमा सडकमा उत्रिएका छन् । सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागी १९ जनाको ज्यान गएपछि आक्रोशित साथी तथा आफन्तहरुले आज बिहानैदेखि संसद भवन अगाडि भेला भई सरकारविरुद्ध विरोध सुरु गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं...

सरकारको दमनविरुद्ध कलंकीबाट टायर बाल्दै विरोध सुरु

काठमाडौं । सरकारले शक्ति र सत्ताको बलमा नेपाली जेनजी युवाहरुको हत्याको विरुद्ध कलंकीबाट टायर बालेर विरोध सुरु भैसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार दिउँसो नयाँ बानेश्वरमा प्रदर्शन गरीरहेका १९ जना जेनजी युवाहरुको निर्मम हत्या गरेको छ । शान्त पूर्ण तरिकाले विरोध प्रदर्शनमा आएका सयौं विद्यार्थीहरुमाथी...

गृहमन्त्री रमेश लेखकको राजीनामा

काठमाडौं । जेनजी आन्दोलन नियन्त्रणका क्रममा भएको हिंसात्मक घटनामा १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले सोमबार साँझ राजीनामा दिएका छन् । स्रोतका अनुसार लेखकले मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएका हुन् । उनले घटनाप्रति नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै पद त्याग गरेको बताइएको छ । आन्दोलन...

जेनजी प्रदर्शन : गोली लागेर १८ जनाको मृत्यु

काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर हालसम्म १८ जनाको मृत्यु भएको छ। उनीहरू नयाँ बानेश्वरमा भएको प्रदर्शनपछि विभिन्न अस्पतालमा उपचाररत अवस्थामा निधन भएका हुन्। प्रदर्शन नियन्त्रणका लागि खटिएका नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरीका ९ जना घाइते भएका छन्। ट्रमा सेन्टरमा मात्र सात जनाको मृत्यु...

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं । अभिव्यक्ति स्वतन्त्रता खोस्ने सरकार र भ्रष्टाचारविरुद्ध सुरु भएको जेन जी आन्दोलनमा थप एक जनाको मृत्यु भएपछि उपत्यकामा मृतकको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार सिभिल अस्पतालमा उपचाररत गम्भीर घाइते एक प्रदर्शनकारीको सोमबार दिउँसो मृत्यु भएको हो । मन्त्रालयले दिउँसो साढे ३ बजेसम्म...