यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ आश्विन २६, आईतवार ०८:३९
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार एक अमेरिकी डलरको खरीददर १४१.६० रुपैयाँ र बिक्रीदर १४१.२० रुपैयाँ र एक अष्ट्रेलियन डलरको खरीददर ९२.७८ रुपैयाँ र बिक्रीदर ९३.१८ रुपैयाँ तोकिएको छ।

त्यसैगरी १० जापानिज येनको खरीदमूल्य ९.२७ रुपैयाँ र बिक्रीमूल्य ९.३१ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.९६ रुपैयाँ र बिक्रीमुल्य १० रुपैयाँ निर्धारण भएको छ।